https://www.facebook.com/profile.php?id=100004937208150


चुलाचुली १ र ४ सेमि फाइनलमा प्रवेश

    २ बैशाख २०८१, आईतवार २०:५०  मा प्रकाशित

 

सन्तोष गिरी
बैशाख २,चुलाचुली/ चुलाचुली २ स्थित प्रभातकालिन समाज तथा वातावरणीय विकास समूह  ( S.E.D.S.) द्वारा आयोजित भेट्रान्स फूटबलमा चुलाचुली १ र ४ सेमि फाइनलमा प्रवेश गरेका छन ।

आज भएको दुई खेलमा ट्राइबेकरमा हराउँदै चुलाचुली १ ले सेमि फाइनल प्रवेश गरेको हो भने ३-० को अन्तरमा बन कार्यलयका कर्मचारीलाई हराउँदै चुलाचुली ४ सेमि फाइनलमा प्रवेश गरेको हो ।

आज देखि शुरु भएको नरेन्द्र योङ्या स्मृति प्रतिष्ठान भेट्रान्स फुटबल प्रतियोगिको पहिलो दिनमा दुई वटा म्याचहरु भएका थिए ।

 

बैशाखको  ५ गते सम्म सञ्चालन हुने यश प्रतियोगितामा जम्मा आठ वटा टिमहरु सहभागी भएका थिए । जस मध्ये भोलि पहिलो चरणको दुई वटा म्याच रहने छ ।

भोलि हुने पहिलो खेल चुलाचुली २ भर्सेश जनता मा.बि.को शिक्षक समूह रहने छ भने दोस्रो खेल चुलाचुली ३ भर्सेस चुलाचुली ६ को रहने छ ।

प्रतियोगितामा बिजेताले नगद रु.२५००० साथै उप बिजेताले नगद रु.१५००० प्राप्त गर्ने छन ।

प्रतिक्रिया दिनुहोस