https://www.facebook.com/profile.php?id=100004937208150


मोटसाइकल दुर्घटनामा भण्डारीको निधन

    २ मंसिर २०८०, शनिबार १७:१०  मा प्रकाशित

मोटसाइकल दुर्घटनामा भण्डारीको निधन

सन्तोष गिरी
मंसिर २,इलाम / मोरङको उर्लाबारी-५ मा शुक्रबार साँझ ६ः५० बजे सिटी रिक्सा र मोटरसाइकल बिच दुर्घटना भएको हो ।

उर्लाबारी नगरपालिका -५ तरूण चोक स्थित भित्रि सडक खण्डमा पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको को १ ह ८७३७ नम्बरको सिटी सफारी र बिपरीत दिशा तर्फ आउँदै गरेको प्र १(०२(०५० प ३१२२ नम्बरको मोटरसाइकल एक आपसमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी उर्लाबारी नगरपालिका ५ बस्ने बर्ष ३० का मोटरसाइकल चालक मौसम भण्डारीको मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई प्रहरीले उपचारको लागि उर्लाबारी स्थित अरनिको हस्पिटल पुर्याएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगर स्थित नोबेल हस्पिटल लगिएको थियो ।

नोबेलमा पुर्याएपछि चिकित्सकले भण्डारीलाई मृत घोषणा गरेका थिए । भण्डारीको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस