https://www.facebook.com/profile.php?id=100004937208150


चुलाचुली प्रवासी सेवा समाजको पहिलो साधारणसभा सम्पन्न

    १८ चैत्र २०८०, आईतवार २१:०८  मा प्रकाशित

सन्तोष गिरी

चैत १८,चुलाचुली/ चुलाचुली प्रवासी सेवा समाजको पहिलो वार्षिकोत्सब तथा साधारण सभा गत शनिबार सम्पन्न भएको छ ।

चुलाचुली ४ स्थित पाथिभरा सहकारीमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभाले अध्यक्ष भिम कुमार राई, उपाध्यक्ष बिष्णु साँवा, सचिब जनक महरा, सह- सचिब लोकनाथ बराल, कोषाध्यक्ष मा बिनिता दुलाल ( कोपिला ) लगायतका देश तथा बिदेशमा बसोबास गर्ने युवाहरुको सदस्यको नयाँ समिती बनाएको हो । अध्यक्ष राई स्वयम् मलेसियामा कार्यरत रहेका छन ।

त्यस्तै चक्र गजमेरको प्रतिनिधित्वमा वडा नं. ४ का अध्यक्ष सागर जबेगु, वडा सदस्य बिष्णु गजमेर लगायतको सल्लाहकार समिती समेत गठन गरिएको थियो ।

बिगतको ५ वर्ष यता चुलाचुलीमा सञ्चालित संस्थाका गतिविधिहरुलाई प्रस्तुत गर्दै संस्थाका सह कोषाध्यक्षले प्रवासी सञ्जाल विपत्ति र असहायको सारथि बनेको जानकारी दिए ।

कार्यक्रममा चुलाचुलीमा रहेर विभिन्न क्षेत्रमा योगदान गरेका ९ जना अग्रजहरुलाई नेपाली ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।

संस्थाको सचिब जनक महराले सञ्चालन गरेको कार्यक्रममा संस्थाको उपाध्यक्ष बिष्णु साँवाको अध्यक्षता रहेको थियो भने समापनका कार्यक्रमको कार्यवाहक अध्यक्ष तथा संस्थाका सदस्य सुवास राईले समापन गरेका थिए ।

माटोले माग्दैन दिन जान्नु पर्दछ, दिन सक्नु पर्दछ ” भन्ने नाराका साथ स्थापना भएको संस्था  प्रवासमा रहेर गाउँको सपना बुन्ने युवाहरुको अगुवाइमा बनेको हो

प्रतिक्रिया दिनुहोस