https://www.facebook.com/profile.php?id=100004937208150


भाद्र २२ देखि दोश्रो चुलाचुली कप नकआउट फुटबल

    ७ भाद्र २०८०, बिहीबार १८:१३  मा प्रकाशित

भाद्र २२ देखि दोश्रो चुलाचुली कप नकआउट फुटबल

दमक । दमकमा यही भाद्र २२ देखि दोश्रो चुलाचुली कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

दमक-३ स्थित चुलाचुली फुटबल क्लबको आयोजनामा दमक ३ मा रहेको प्रस्तावित मदन भण्डारी रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लास्थित १२ वटा टिमले भाग लिने जनाइएको छ ।

प्रतियोगितामा आयोजक चुलाचुली फुटबल क्लब, मिक्लाजुङको कालिदह फुट क्लब , सुनसरीको तालतलैया फुटबल क्लबि, मोरगंको मंगलबारे फुटबल क्लब, मिक्लाजुगंकै इष्ट स्टार स्पोर्टिगं क्लब, कोशी प्रदेश रानी प्रहरी विराटनगर , वाइएफसी पथरी, बिवाइसी बेलडाँगी, सिद्धार्थ युवा समाज सुन्दरहरैंचा, सिसौली एफसी, रियलय विष्ट एक्स एफसी र सिएफसी झापाले भाग लिने निश्चित भइसकेको आयोजक क्लबका आशिष बस्नेतले जानकारी दिए । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ ।

असोज २ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजारसहित टफी, मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले जनाएको छ । सो प्रतियोगिताको संरक्षक दमक नगरपालिका वडा नं ३ को कार्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस