https://www.facebook.com/profile.php?id=100004937208150


प्रदेश प्रमुखको लाजमर्दों काम शंकर पोखरेललाई यसरी बनाईएको रैछ मुख्यमन्त्री

    १० असार २०७८, बिहीबार १५:४१  मा प्रकाशित

प्रदेश प्रमुखको लाजमर्दों काम शंकर पोखरेललाई यसरी बनाईएको रैछ मुख्यमन्त्री

असार ५ पोखरा : लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले एमाले संसदीय दलकै लेटरप्याडमा मुख्यमन्त्रीलाई नियुक्ति दिएको खुलासा भएको छ साथै कारबाहीबाट पदमुक्त सदस्यदेखि उपसभामुखको हस्ताक्षर पनी प्रयोग गरि बहुमत प्रमाणित गर्न खोजेको पनी पुष्टि भएको छ ।

हस्तलिखित अक्षरबाट संविधानको धारा उल्लेख गरी हस्ताक्षर गरेर नियुक्ति दिनु संविधानकै मर्म विपरित भएको कानुनविदको तर्क रहेको छ । वैशाख १९ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने भएपछि राजीनामा दिएका थिए । बिहान राजीनामा दिएर दिउँसो विशेष अधिवेशन अन्त्य गरेका मुख्यमन्त्री पोखरेललाई त्यही दिन साँझ नै प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा पुन: नियुक्त गरेका हुन ।

प्रदेश प्रमुख यादवले मुख्यमन्त्री नियुक्ति संसदीय दलको लेटरप्याडमै गर्नुले सरकार वैधानिक छैन भन्ने पुष्टि भएको माओवादी केन्द्रका प्रमुख सचेक तुलाराम घर्तीले बताए । ‘हामीले बारम्बार भन्दै आएका छौं कि मुख्यमन्त्री अवैधानिक छन्,’ उनले भने, ‘त्यो पुष्टि गर्ने बलियो आधार प्रदेश प्रमुख नै एमालेको बनेर संसदीय दलको लेटरप्याडमै मुख्यमन्त्रीको नियुक्ति हो ।’ आफूहरुले सरकारको वैधानिकतालाई लिएर कानुनी लडाइँ पनि लड्ने तयारी गरेको उनले बताए । वैशाख २२ गते दाङकै एमालेबाट निर्वाचित अमरबहादुर डाँगीले पनि पदबाट राजीनामा दिएपछि अहिले प्रदेश सभामा एमालेका ३८ सदस्य छन् ।
त्यस्तै मुख्यमन्त्री आफैंले एमालेको एकल बहुमत सावित गर्न प्रदेश प्रमुख समक्ष पेस गरेको ४३ जनाको हस्ताक्षर पनि किर्ते भएको दावी गरिएको छ ।

वैशाख १९ गते लुम्बिनी प्रदेश सभामा ८१ प्रदेश सभा सदस्य थिए । त्यसैले ४१ जना भएपछि एमालेका लागि एकल बहुमत पुग्ने अवस्था थियो । तर, सोही दिन दाङबाट उपनिर्वाचन विजेता विमला खत्री ओलीले नेकपा अस्तित्वमा नरहेपछि अर्को त्यसबाट बनेका दुई दलमध्ये नेकपा माओवादी केन्द्र रोज्ने निर्णय गरेकी थिइन् । त्यस्तै, कपिलवस्तुका एमालेबाट निर्वाचित दृगनारायण पाण्डेयले पनि सोही दिन प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए ।

दुई जना घटेपछि एमालेको संख्या ३९ मा झरेको थियो । तर, मुख्यमन्त्री पोखरेलले बहुमत सावित गर्न उनीहरु दुवै जनासहित माओवादीबाट एमाले प्रवेश गरेर एक महिना अघि नै पदमुक्त भइसकेका दुई जना सदस्यको नामसमेत राखेर हस्ताक्षर बुझाएको देखिएको छ । क्रम संख्या ४ र ५ मा रहेका दुई सदस्यको नाम ठेगाना काटेर हस्ताक्षरको ४३ औं नम्बरमा प्रदेश सभाकी उपसभामुख कृष्णी थारुको हस्ताक्षर थप गरेर संख्या पुरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस